काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्ष २०८२-०८३ को मुनाफाबाट आफ्ना शेयर धनिहरुलाई धमाधम लाभांश वितरण गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो मुनाफाबाट केहीले नगद लाभांश मात्र बाँडेका छन् भने कुनै संस्थाले नगद र वोनस दुवै बाँडेका छन् ।
वाणिज्य बैंकमध्ये हालसम्म तीनवटा बैंकलेहरुले लगानीकर्ताहरुलाई लाभांश वितरणगरेका छन्। जसमध्ये ग्लोवल आईएमई बैंकले ४ प्रतिशत वोनस र ६ प्रतिशत नगद ( कर प्रयोजनसहित) लाभांश वितरण गरेको हो । अघिल्लो वर्ष उक्त बैंकले ८ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश मात्र दिएको थियो ।
त्यस्तै एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत नगद बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित)गरी१५ प्रतिशत लाभांश वितरण गरेर अग्र स्थानमा रहेको छ ।
अघिल्लो वर्ष पनि एभरेष्ट बैंकले लगानीकर्तालाई ६ प्रतिशत वोनस र १४ प्रतिशत नगद लाभांशगरी २० प्रतिशत लाभांश वितरण गरेर अग्र स्थानमा थियो ।
लाभांश वितरण गर्ने कम्पनीमा सानिमा बैंक पनि रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफालाई ध्यानमा राख्दै लगानीकर्ताहरुलाई १० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको छ । उक्त बैंकले अघिल्लो आर्थिक २०८१-०८२ मा पनि वोनस शेयर नदि ७.३७ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । यसरी हेर्दा सानिमा बैंकले दुई आर्थिक वर्षमा लगानीकर्ताहरुलाई वोनस शेयर वितरण गर्न सकेको छैन ।
त्यस्तै विकास बैंक तर्फ सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो आर्थिक वर्ष (२०८२-०८३) ४ प्रतिशत वोनस र ६.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । उक्त बैंकले अघिल्लो आर्थिक वर्ष (२०८१-०८२)मा ५ प्रतिशत वोनस शेयर र ५.३६ प्रतिशत नगद लाभांश दिएको थियो ।
त्यस्तै कामना सेवा विकास बैंकले अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । अघिल्लो वर्ष १० प्रतिशत वोनस शेयर र ५.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै लाभांश घोषणा गर्नेमा आईसीएफसी फाइनान्स कम्पनी रहेको छ कम्पनीले अघिल्लो आर्थिक वर्ष ( २०८२-०८३)मा कर प्रयोजनसहित १०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त फाइनानसले अघिल्ले आर्थिक वर्ष (२०८१-०८२) मा वोनस नभई नगद लाभांशमै जोड दिएको थियो । कम्पनीले १५ प्रतिशत नगद लाभांश दिएको थियो।















प्रतिक्रिया दिनुहोस्