Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नाडा अटो शोमा यामाहाको भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’

नाडा अटो शोमा यामाहाको भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले १८औं नाडा अटो शो–गोल्डेन जुब्ली संस्करण २०२६ मा नयाँ यामाहा मोटरसाइकल सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान तथा ‘बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स’ उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको उक्त मोटरसाइकलले अटो शोमा उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ।

छ दिनसम्म चलेको नाडा अटो शोका क्रममा उक्त मोटरसाइकलका ४२८ वटा बुकिङ भएका छन्। मोटरसाइकलप्रति देखिएको आकर्षणलाई कम्पनीले नेपाली बजारमा यसको बलियो सम्भावनाका रूपमा लिएको छ।

यामाहाले नाडा अटो शो २०२६ मा ‘बेस्ट स्टल अवार्ड’ समेत प्राप्त गरेको छ। नवीन अवधारणा, आकर्षक प्रस्तुति तथा आगन्तुकलाई प्रदान गरिएको उत्कृष्ट अनुभवका आधारमा यामाहाको स्टललाई उक्त अवार्ड प्रदान गरिएको हो।

यामाहाको स्टलमा नयाँ मोटरसाइकलको रेट्रो–आधुनिक डिजाइनलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो। क्लासिक टियरड्रप फ्युल ट्याङ्क, गोलाकार एलईडी हेडलाइट, आकर्षक डिजाइन तथा सडकमा छुट्टै पहिचान बनाउने उपस्थितिले आगन्तुकको ध्यान खिचेको कम्पनीले जनाएको छ।

अटो शो अवधिमा हजारौँ मोटरसाइकलप्रेमीले मोटरसाइकललाई नजिकबाट अवलोकन तथा प्रत्यक्ष अनुभव गरेका थिए।

मोटरसाइकल सार्वजनिक कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले यामाहाले पुस्तौंदेखि राइडरसँग कायम राख्दै आएको भावनात्मक सम्बन्धबारे चर्चा गरे। उनले यामाहाको विश्वव्यापी ‘फास्टर सन्स’ दर्शनले विगतको गौरव र भविष्यको सम्भावनालाई जोड्ने बताए।

प्रतिष्ठित पुराना मोटरसाइकलबाट प्रेरणा लिंदै आधुनिक पुस्ताका राइडरका आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर नयाँ पुस्ताका मोटरसाइकल विकास गर्नु ‘फास्टर सन्स’ दर्शनको मूल अवधारणा रहेको उनको भनाइ थियो।

अग्रवालले नयाँ मोटरसाइकलको आगमन एउटा नयाँ उत्पादनको सुरुवात मात्र नभई यामाहाको विरासतलाई निरन्तरता दिने प्रयास भएको बताए। नेपाली राइडरका लागि मोटरसाइकल आवागमनको साधनमा मात्र सीमित नरही पहिचान, व्यक्तित्व र जीवनशैली अभिव्यक्त गर्ने माध्यम बन्दै गएको उनको भनाइ थियो।

नयाँ मोटरसाइकलप्रति देखिएको उत्साहलाई प्रि–बुकिङले समेत पुष्टि गरेको कम्पनीले जनाएको छ। प्रि–बुकिङमार्फत ग्राहकले बजारमा नियमित बिक्री सुरु हुनुअघि नै प्रारम्भिक चरणका ग्राहक बन्ने अवसर पाएका थिए।

विशिष्ट डिजाइन, विरासतबाट प्रेरित शैली र आधुनिक विशेषताका कारण नयाँ मोटरसाइकल आफ्नो व्यक्तित्व तथा व्यक्तिगत शैली झल्काउन चाहने राइडरका लागि आकर्षक रोजाइका रूपमा प्रस्तुत भएको कम्पनीको दाबी छ।

एमएडब्लु राइड्स प्रालि नेपालमा यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर विश्वस्तरीय मोबिलिटी, नवीन प्रविधि तथा ग्राहक सेवामार्फत नेपाली ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्यका साथ काम गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit