Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

त्रिशूली–३ ‘ए’ बाट उद्धार टोली फर्कियो, थप खोजी कार्य हाललाई स्थगित

त्रिशूली–३ ‘ए’ बाट उद्धार टोली फर्कियो, थप खोजी कार्य हाललाई स्थगित
विज्ञापन
Advertisement

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य हाललाई स्थगित गरिएको छ। सुरुङभित्र थप उद्धार गर्न कठिन भएपछि टोलीले खोजी कार्य रोकेको हो।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार बिहानदेखि उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो। उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको थियो। उनीहरूको उपचार भइरहेको छ।

खोज तथा उद्धारका क्रममा सुरुङबाट एक शवसमेत निकालिएको थियो। थप व्यक्तिको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको भए पनि सुरुङभित्रको अवस्थाका कारण उद्धार कार्य कठिन भएपछि हाललाई खोजी स्थगित गरिएको हो।

नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit