Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

तीन वित्तीय संस्था एकीकरण हुँदै, मुक्तिनाथ विकास बैंकले अघि बढायो प्रक्रिया

तीन वित्तीय संस्था एकीकरण हुँदै, मुक्तिनाथ विकास बैंकले अघि बढायो प्रक्रिया
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

तीनवटै संस्थाबीच प्रस्तावित प्राप्ति प्रक्रियाका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।

प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिका सम्बन्धमा आवश्यक विस्तृत अध्ययन तथा मूल्याङ्कन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (ड्यु डिलिजेन्स), शेयर आदान–प्रदानसम्बन्धी व्यवस्था लगायत आवश्यक प्रक्रिया अघि बढाइनेछ। प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंक तथा प्रचलित कानूनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ।

तीनवटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउँदै प्रचलित कानूनी तथा नियामकीय व्यवस्था पालना गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, प्राप्ति प्रक्रियामा सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राखिने जनाइएको छ। जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गरेपछि मुक्तिनाथ विकास बैंकको व्यवसायिक आकार तथा शाखा सञ्जाल थप विस्तार हुने छ । यद्यपि प्राप्ति प्रक्रिया पूरा हुन सम्बन्धित नियामक निकायको स्वीकृति तथा अन्य आवश्यक प्रक्रिया बैंकले पूरा गर्नुपर्नेछ ।

मुक्तिनाथ बैंकका अनुसार उक्त सम्झौता १९ भदौमा गरिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit