Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

सुनको मूल्य प्रतितोला २४ सय र चाँदी ३५ रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला २४ सय र चाँदी ३५ रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन तोलामा (आइतबार) ३१ सय रुपैयाँले घटेको सुनको मूल्य दोस्रो कारोबार दिन पनि २४ सय रुपैयाँले ओरालो लागेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ हजार एक सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य एकैदिन २ हजार ५ सय रुपैयाँले बढेको थियो।

पछिल्ला दिनहरुमा सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। बिहीबार सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बुधबार सुनको मूल्य एकैदिन ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ३ हजार रुपैयाँले घटेर ३ लाख ६ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मोल आज ४ हजार ६९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit