काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।
अघिल्लो कारोबार दिन (बुधबार) प्रतितोला तीन हजार रुपैयाँले घटेको सुनको मोल बिहीबार भने ३ हजार ४ सय रुपैयाँले बढेको हो।
आज सुनको मूल्य तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन (बुधबार) सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि एक सय पाँच रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ। बुधबार एक तोला चाँदी ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
















प्रतिक्रिया दिनुहोस्