Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

ग्यास अभावविरुद्ध विद्यार्थीले सडकमै बनाए भान्सा, दाउराको चुलोमा पकाए खाना (तस्बिरहरु)

ग्यास अभावविरुद्ध विद्यार्थीले सडकमै बनाए भान्सा, दाउराको चुलोमा पकाए खाना (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंको मुख्य सडक छेउमै खाना बनाएर सांकेतिक विरोध गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले बिहीबार काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडिको मुख्य सडकमा नै खाना पकाएर सरकारको विरोध गरेको हो। ग्यासको अभावका कारण सर्वसाधारण देखि विद्यार्थीसम्मले दैनिक खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराउन सडकमा इँटा राखेर अस्थायी चुलो बनाएका थिए। त्यसपछि दाउरा बालेर दाल भात पकाउँदै उनीहरूले ग्यास अभावप्रति विरोध जनाएका हुन्।

विद्यार्थीहरूले सडकमा पकाएको खाना त्यहीँ बसेर खाएका थिए। ग्यास अभाव समाधान गर्न सरकार गम्भीर नभएको भन्दै उनीहरूले तत्काल सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन माग गरेका छन्।

ग्यासको आपूर्ति सहज बनाउन तथा सर्वसाधारणले भोग्दै आएको समस्या तत्काल समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले सांकेतिक रूपमा सडकमा खाना पकाएर प्रदर्शन गरिएको विद्यार्थी नेताहरूले बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit