Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

चिलिमे अपडेट : टनेलमा १०५ मिटरभित्रसम्म आवाज गयो, सुरुङभित्र मानिसहरू रहेको आशा बढायो

चिलिमे अपडेट : टनेलमा १०५ मिटरभित्रसम्म आवाज गयो, सुरुङभित्र मानिसहरू रहेको आशा बढायो
विज्ञापन
Advertisement

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास बिहीबार पनि तीव्र पारिएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०५ मिटरको दूरीबाट बाहिरतर्फ चिसो हावा आएको र हावाको दोहोरो बहाव देखिएको जानकारी दिएका छन्। उनका अनुसार नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त जानकारीअनुसार सुरुङभित्र आवाज पठाउँदा प्रतिध्वनि (इको) समेत आएको छ। यसले सुरुङभित्र मानिसहरू रहेको हुनसक्ने आशा बढाएको छ।

चिलिमे सुरुङभित्र ६ जना सकुशल रहेको अनुमान गरिएको छ। उनीहरूको अवस्था यकिन गर्न तथा उद्धारका लागि सुरुङमा रहेका अवरोध हटाउने काम आज पनि भइरहेको छ। यसैबीच उद्धार कार्यलाई तीव्र बनाउन थप नयाँ एक्स्काभेटर प्रयोगमा ल्याइएको जनाइएको छ।

यसअघि इन्जिनियरहरूले प्रयोग गर्दै आएको रातो एक्स्काभेटर हटाएर नयाँ एक्स्काभेटरमार्फत लेदो, ढुंगामुढा तथा कंक्रिट हटाउने काम भइरहेको छ। नयाँ उपकरण प्रयोगमा ल्याएपछि उद्धार टोली सुरुङको थप नजिक पुग्न सफल भएकोहो । इन्जिनियर गोकर्ण चौधरीका अनुसार नयाँ एक्स्काभेटरले काम छिटो र प्रभावकारी भएको छ।नयाँ एक्स्काभेटर प्रयोगमा ल्याएसँगै उद्धार टोली टनेलको नजिक पुगेको छ । लेदो, ढुंगामुढा एवम कंक्रिटका कारण उद्धार गर्न कठिन भइरहेकाबेला नयाँ एक्स्काभेटरमार्फत काम छिटो अघि बढेको छ चौधरीको भनाइ छ।

उद्धार तथा समन्वयका लागि उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ तथा सांसद एवं इन्जिनियर सागर ढकाल पनि घटनास्थलमै खटिएका छन् । सुरुङभित्र फसेकाहरूलाई सकुशल बाहिर निकाल्न नेपाली सेना, प्राविधिक तथा उद्धार टोलीले निरन्तर प्रयास गरिरहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit