काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष उनले राजीनामा बुझाएकी हुन् ।
यादव गत चैत २७ गते उद्योगमन्त्रीमा नियुक्त भएकी थिइन् । पछिल्लो समय बजारमा चरम ग्यास अभाव हुँदा समस्या समाधान गर्न नसकेको आरोप उनिमाथि लाग्दै आएको थियो ।
बुधबार मात्र निवर्तमान मन्त्री यादवले संसदीय समितिमा आफूलाई सचिवदेखि कर्मचारी सम्मले सहयोग नगरेको आरोप लगाउँदै ग्यास अभावको समस्या समाधान गर्न ५८ ओटै उद्योगीहरुको लाइसेन्स रद्द गर्नुपर्ने धारणा राखेकी थिइन् । उनले ग्यास उद्योगीलाई पाता नफर्काएसम्म ग्यास अभावको समस्या समाधान नहुने धम्कीपूर्ण टिप्पणी समेत गरेकी थिइन् ।
















प्रतिक्रिया दिनुहोस्