काठमाडौं । प्रभु बैंक लिमिटेडले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारका लागि राहत सामग्री उपलब्ध गराएको छ।
बैंकले बिहीबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावितलाई वितरण गर्ने गरी १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको हो। बैंकका प्रमुख बजार व्यवस्थापक दिपेन्द्रबाबु विष्टले राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका हुन्। बाढीबाट प्रभावित परिवारलाई थप सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ।
यसअघि पनि प्रभु बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो।
















प्रतिक्रिया दिनुहोस्