Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि तयारी पोशाक उद्योग संघको ३३ लाख ३३ हजार सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल तयारी पोशाक उद्योग संघले ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो । संघका सदस्य उद्योगहरूले समेत आफ्नोतर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेको संघले जनाएको छ । भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै संघले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा घाइते र प्रभावित नागरिकको स्वास्थ्यलाभको कामना गरेको छ । संघले बाढी प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायबाट भइरहेको प्रयासको प्रशंसा गरेको छ ।

यसैगरी, बाढीपीडित तथा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताको सहयोगमा लत्ताकपडा, तयारी पोशाक तथा अन्य आवश्यक सामग्रीसमेत राहतस्वरूप वितरण भइरहेको जनाएको छ ।संघले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनस्र्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरको संरक्षण र सिर्जनामा समेत ध्यान दिनुपर्नेमा जोड दिएको छ ।  नेपाल तयारी पोशाक उद्योग संघले विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत, पुनस्र्थापना तथा रोजगारी पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit