Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

दीपक कुमारले लिए उद्योगमन्त्रीको शपथ, को हुन् नवनियुक्त मन्त्री साह ?

दीपक कुमारले लिए उद्योगमन्त्रीको शपथ, को हुन् नवनियुक्त मन्त्री साह ?
विज्ञापन
Advertisement

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि रिक्त भएको पदमा प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा साह मन्त्री नियुक्त भएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिले प्रधानमन्त्रीको उपस्थितिमा साहलाई आजै पद तथा गोपनीयताको शपथ गराएका हुन्।

साह पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–४ बाट रास्वपाका उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्।

राजनीतिक यात्राका क्रममा साह यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत रहेका थिए। पछि आफ्नै नेतृत्वमा राजनीतिक दल गठन गरेका उनी निर्वाचनअघि रास्वपासँग आबद्ध हुँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

शैक्षिक रूपमा मेकानिकल इन्जिनियरिङमा स्नातक तथा प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका साहले अब उद्योग, व्यापार तथा आपूर्ति क्षेत्रको जिम्मेवारी सम्हाल्नेछन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit