काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार २७.९४ अंकले बढेर बन्द भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औं वार्षिक साधारणसभामा अर्थमन्त्री वाग्लेले आगामी सोमबारसम्ममा सेयर बजार सुधारसँग सम्बन्धित केही कार्यक्रम ल्याउने घोषणा गरेका छन्।
उनले पुँजी बजारलाई दैनिक सेयर मूल्यको उतारचढावबाट मात्र हेर्न नहुने भन्दै दीर्घकालीन रूपमा उत्पादनमूलक क्षेत्रमा वित्तीय स्रोत परिचालन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताए।
उनले सरकारले निजी क्षेत्रको पुनरुत्थान, लगानी सहजीकरण र आर्थिक प्रोत्साहनसम्बन्धी छुट्टै प्याकेजसमेत ल्याउने तयारी गरिरहेको जानकारी दिए। विभिन्न सरोकारवालासँग भएका छलफलका आधारमा तयार भइरहेको उक्त प्याकेजले बन्द वा कमजोर उद्योगलाई पुनर्जीवित गर्ने, सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने, सफल व्यवसायलाई विस्तारका लागि प्रोत्साहित गर्ने र नयाँ लगानीका निर्णय गर्न वातावरण बनाउने उनले बताए।
‘सरकारले उद्योग चलाएको होइन, धुलो मात्र टक्टकाएको हो, चलाउने निजी क्षेत्रले नै हो’ भन्ने आशय व्यक्त गर्दै वाग्लेले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य चालकका रूपमा अघि बढाउने बताए।
त्यसकै भरोसलाई टेक्दै लगानीकर्ता उत्साहित बनाएको । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा ३४५ कम्पनीको ४ अर्ब ३६ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
उपकार लघुवित्त वित्तीय संस्था, अभियन लघुवित्त वित्तीय संस्था,सिन्धु विकास बैंक, सर्वोत्तम पेन्ट्सको ८ प्रतिशतदेखि १०.५३ प्रतिशतले बढेको छ । लिवर्टी इनर्जी,एनआरएन इन्फाष्टचर एण्ड डेभलपमेन्ट,रिलायन्स स्पनिङ मिल्स, सोलु होइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर कम्पनीको १२ करोड रुपैयाँदेखि ३६ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।















प्रतिक्रिया दिनुहोस्