Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

भोटेकोशी बाढीले ९ हजार विद्यार्थी प्रभावित, शिक्षामा पुनरुत्थान गर्न २.३४ अर्ब लाग्ने

भोटेकोशी बाढीले ९ हजार विद्यार्थी प्रभावित, शिक्षामा पुनरुत्थान गर्न २.३४ अर्ब लाग्ने
विज्ञापन
Advertisement

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट रसुवाका १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ।

बाढीका कारण विद्यालय भवनसँगै त्यहाँ रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्तिमा समेत ठूलो क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। बाढीपछि त्यस क्षेत्रका ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। प्रभावित विद्यालयका संरचना पुनर्निर्माण तथा पठनपाठनलाई तत्काल सहज बनाउन १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। त्यस्तै, दीर्घकालीन पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।

सरकारले बाढी प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ समेत घोषणा गरेको छ। सरकारको आग्रहमा नेपालका निजी विद्यालयसँग सम्बन्धित पाँच वटा संस्थाले बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बाढीबाट प्रभावित भई विभिन्न स्थानमा बसिरहेका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न उनीहरूलाई पायक पर्ने विद्यालयमै अध्ययनको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरूले सहजीकरण गरिरहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit