Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

भारत–चीनबाट नेपाललाई तीन बेलिब्रिज प्राप्त, थप पुल आउने क्रममा

भारत–चीनबाट नेपाललाई तीन बेलिब्रिज प्राप्त, थप पुल आउने क्रममा
विज्ञापन
Advertisement

काठमाडौं। भोटेकोसी बाढीका कारण पुलहरूमा क्षति पुगेपछि नेपालले भारत र चीनबाट तीनवटा बेलिब्रिज प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतबाट एउटा र चीनबाट दुईवटा बेलिब्रिज नेपाललाई प्राप्त भएको हो। बाढीबाट देशका विभिन्न स्थानमा ५७ वटा पुलमा क्षति पुगेको भन्दै आवश्यकताअनुसार मित्रराष्ट्रसँग सहयोग मागिएको उनले बताए। उनले भने, ‘हामीलाई जे सामग्री अपुग छ, त्यो सम्बन्धित मुलुकसँग समन्वय गरिरहेका छौँ। बाढीले ५७ वटा पुलमा क्षति गरेको छ। यसको लागि मित्रराष्ट्र भारत र चीनसँग बेलिब्रिजका लागि अनुरोध गरेका छौँ।’

क्षेत्रीले शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले नेपाललाई २२ वटा बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिए । तीमध्ये ६ वटा बेलिब्रिज र १६ वटा ७० मिटर लम्बाइका सिंगल लेन पुल रहेका छन्। भारतबाट स्टिल ब्रिजहरू आउने क्रममै रहेको उनले जानकारी दिए।

यस्तै, चीनसँग ३० वटा बेलिब्रिज माग गरिएकोमा १०० मिटर लम्बाइका दुईवटा पुल नेपाललाई हस्तान्तरण भइसकेका छन्। बाँकी पुलहरू पनि आउने क्रममा रहेको प्रवक्ता क्षेत्रीले बताए। बाढीबाट क्षतिग्रस्त सडक तथा पुलमार्फत यातायात पुनः सञ्चालन गर्न दुवै छिमेकी मुलुकबाट प्राप्त हुने बेलिब्रिज महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit