काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको स्थापना दिवसको अवसरमा आयोजित प्रथम बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
संघको स्वास्थ्य, सामाजिक एवं विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित कार्यक्रममा ७५ जना समाजसेवी रक्तदाताले रक्तदान गरेका छन्।
कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई संघले हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गरेको छ। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघका अध्यक्ष, संस्थापक अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, स्वास्थ्य, सामाजिक एवं विपद् व्यवस्थापन समितिका सभापति तथा सदस्यहरू र उपस्थित सम्पूर्ण सहयोगी महानुभावप्रति आभार व्यक्त गरिएको छ।
संघका महासचिवले रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सामाजिक सेवाका यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
















प्रतिक्रिया दिनुहोस्