Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

चार हिमताल अति उच्च जोखिममा, ब्लास्टिङ गरेर तालबाट पानीको सतह घटाउने सरकारको तयारी

चार हिमताल अति उच्च जोखिममा, ब्लास्टिङ गरेर तालबाट पानीको सतह घटाउने सरकारको तयारी
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले उच्च जोखिममा रहेका हिमताल विस्फोट गराउने गृहकार्य थालेको छ।

विज्ञापन
Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाएर सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न सरकारले आवश्यक तयारी अघि बढाएको बताए । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अति उच्च जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट सुरक्षित रूपमा निकास गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए ।

उनका अनुसार जोखिमपूर्ण हिमतालमा आवश्यकताअनुसार ब्लास्टिङ गरी पानीको सतह घटाउने विषयमा विज्ञहरूसँग छलफल भइरहेको छ ।‘जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ। विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं,’ मन्त्री श्रेष्ठले भने ।तर, कुन–कुन हिमतालको जलस्तर घटाउने भन्ने विषयमा भने अहिलेसम्म अन्तिम निर्णय भइनसकेको उनले स्पष्ट पारे।

विज्ञहरूसँगको परामर्शका क्रममा विभिन्न जोखिमयुक्त हिमतालको नाम आएको र तिनको जोखिमको मात्रा अध्ययन भइरहेको उनको भनाइ छ । ‘विज्ञहरूसँग परामर्श लिँदैछौं। छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ। अध्ययन गरिरहेका छौं । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं,’ मन्त्री श्रेष्ठले भने । मन्त्री श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फन्ड (जीसीएफ) बाट प्राप्त सहयोग परिचालन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने काम यही वर्ष अघि बढाइनेछ। इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त अवस्थामा रहेका छन्।

तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चार वटा हिमताल अति उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit