Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो,एकतर्फी सडक सुचारू

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो,एकतर्फी सडक सुचारू
विज्ञापन
Advertisement

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको छ । सडकमा फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यही भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेदमा कटान गरेर भासिएपछि सँगैको पहाड खोलेर ट्र्याक निर्माण भइरहेको छ । दुवैपट्टीबाट तीव्र गतिमा काम भइरहेको छ । नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार ग्राभेल बिछ्याउने काम भइरहेको छ ।

केही दिनभित्रै काम सम्पन्न गर्नेगरी ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको इन्जिनियर ढकालले जानकारी दिनुभयो । यो राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग हो ।

यो सडक हुँदै दैनिक १४ हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । अहिले सडक रोकिँदा मुख्य रुपमा ग्याससहित खाद्यान्नको अभाव राजधानीले बेहोर्नु परेको छ । अहिले सडक एकतर्फी सुरू भएको छ ।ग्यासका खाली बुलेटलाई प्राथमिकताका साथ पठाउन थालिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit