काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु भएको हो।
छलफलमा बाढी प्रभावित क्षेत्रमा पछिल्लो अवस्थाको समीक्षा, राहत तथा उद्धारको प्रगति, वर्तमान समस्या, आगामी दिनमा चाल्नुपर्ने कदम र पुनरुत्थानका विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ।
बाढीबाट प्रभावित स्थानीय तहका जनप्रतिनिधिबाट स्थलगत अवस्था, नागरिकका आवश्यकता तथा पुनर्निर्माणका चुनौतीबारे जानकारी लिने र प्रभावित क्षेत्रको पुनरुत्थानका लागि आवश्यक योजना तथा समन्वयबारे छलफल हुने जनाइएको छ।
















प्रतिक्रिया दिनुहोस्