काठमाडौं। नेपालमा सम्पन्न पीएमजीसी २०२६ सिजन २ दक्षिण एसिया फाइनलको उपाधि पाकिस्तानी टोली फोरथ्राइभ्स ई–स्पोर्ट्सले जितेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फोरथ्राइभ्स ई–स्पोर्ट्सले कुल २०९ अंक हासिल गरी उपाधि विजेता बनेको हो।
काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एसियाका उत्कृष्ट पब्जी मोबाइल ई–स्पोर्ट्स टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। रोमाञ्चक प्रतिस्पर्धाबीच फोरथ्राइभ्स ई–स्पोर्ट्सले पहिलो स्थान हासिल गर्दा नेपालको टीटुके ई–स्पोर्ट्स टोली दोस्रो र होराआ ई–स्पोर्ट्स तेस्रो भएको छ।
नेपालमा ई–स्पोर्ट्सको विकास तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको थियो। युवा पुस्ताको ऊर्जा, जोश र प्रतिस्पर्धात्मक भावनासँग जोडिएको एक्स्ट्रिमले नेपालमा ई–स्पोर्ट्सका लागि थप ऊर्जा प्रदान गर्दै नयाँ प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
पीएमजीसी २०२६ सिजन २ दक्षिण एसिया फाइनलजस्ता अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताले नेपाली ई–स्पोर्ट्स खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव लिन तथा आफ्नो प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले ई–स्पोर्ट्सलाई केवल मनोरञ्जनको क्षेत्रका रूपमा नभई युवा प्रतिभा, सीप र प्रतिस्पर्धात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सक्ने सम्भावनायुक्त क्षेत्रका रूपमा हेर्दै आएको जनाएको छ। नेपाली ई–स्पोर्ट्स समुदाय तथा युवा खेलाडीको यात्रामा साथ दिने उद्देश्यसहित एक्स्ट्रिमले आगामी दिनमा पनि ई–स्पोर्ट्स संस्कृति, युवा प्रतिभा र प्रतिस्पर्धात्मक गेमिङको विकासमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
















प्रतिक्रिया दिनुहोस्