Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

यसै वर्ष २०० टावर र १५ सय ९७ स्थानमा फोरजी विस्तार गर्दै सरकार

यसै वर्ष २०० टावर र १५ सय ९७ स्थानमा फोरजी विस्तार गर्दै सरकार
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि यसै आर्थिक वर्षमा थप २०० वटा मोबाइल टावर निर्माण तथा १ हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभाको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’ का रूपमा अघि बढाइने बताएका हुन् । मन्त्री तिमिल्सिनाका अनुसार नेपाल टेलिकमका नयाँ २०० वटा टावर निर्माणका लागि बोलपत्र मूल्याङ्कनको चरणमा छ। त्यस्तै, देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न १ हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुँदैछ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित नहोस् भनेर टेलिकमका टावरमा पावर ब्याकअप क्षमता बढाउने कामसमेत भइरहेको उनले जानकारी दिए। पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको छ। यसबाट विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने बताइएको छ।

हाल करिब ५०० वटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गरिसक्ने लक्ष्य रहेको मन्त्री तिमिल्सिनाले बताए। थप २०० थान ब्याट्री खरिदका लागि पनि बोलपत्र प्रक्रिया अघि बढाइएको छ। त्यस्तै, ३२ वटा विद्यमान सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने काम सम्झौताको चरणमा रहेको छ। राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुगेका क्षेत्रमा रहेका सोलार साइटलाई सम्भव भएसम्म राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको मन्त्री तिमिल्सिनाले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit