Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

नेप्से २५८७ विन्दुमा झर्‍यो, २०७ कम्पनीको शेयर मूल्य घट्दा ऋणपत्र कारोबारमा देखियो आकर्षण

नेप्से २५८७ विन्दुमा झर्‍यो, २०७ कम्पनीको शेयर मूल्य घट्दा ऋणपत्र कारोबारमा देखियो आकर्षण
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेर बन्द भएको हो।

विज्ञापन
Advertisement
Advertisement

बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३५६ वटा धितोपत्रका १ करोड १९ लाख १२ हजार ५५० कित्ता शेयर किनबेच भएका छन्।कारोबार भएका कम्पनीमध्ये २०७ वटाको शेयर मूल्य घट्दा ६१ वटाको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी ०.७३ प्रतिशतले घटेको छ। १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड र व्यापार समूहबाहेक अधिकांश समूहमा गिरावट देखिएको छ।

मूल्य बढ्नेमा एनएमबी डिबेन्चर १०.७५ प्रतिशत–२०८९/२०९० अगाडि रह्यो। यसको मूल्य १४.२९ प्रतिशतले बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ। त्यस्तै, १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ को मूल्य ८.८० प्रतिशतले उक्लिएर १ हजार ३६० रुपैयाँ कायम भएको छ। यता सिन्धु विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ८.५५ प्रतिशतले घटेर प्रतिकित्ता ४४८ रुपैयाँमा झरेको छ। धौलागिरी लघुवित्तको मूल्य पनि ४.९५ प्रतिशत घटेर १ हजार ९० रुपैयाँ १० पैसा कायम भएको छ।

कारोबार रकमका आधारमा ऋणपत्रतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ। १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ को २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit