Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

उर्लाबारीका चालकलाई कामना सेवा विकास बैंकले दियो भिजिबिलिटी ज्याकेट

उर्लाबारीका चालकलाई कामना सेवा विकास बैंकले दियो भिजिबिलिटी ज्याकेट
विज्ञापन
Advertisement

मोरङ । कामना सेवा विकास बैंक लिमिटेडले सडक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यले मोरङको उर्लाबारीका १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम आयोजना गरी सफारी चालकलाई ज्याकेट हस्तान्तरण गरेको हो। उर्लाबारीमा शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको उपस्थितिमा सफारी चालकहरूलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण गरेका थिए।

कार्यक्रममा नगरपालिकाका उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिको समेत सहभागिता थियो। दैनिक यात्रु ओसारपसारमा खटिने सफारी चालकको सुरक्षा र सहज पहिचानलाई ध्यानमा राखेर ज्याकेट वितरण गरिएको बैंकले जनाएको छ।विशेषगरी साँझको समय, कम उज्यालो तथा बढी सवारी चाप भएका स्थानमा चालकलाई टाढैबाट देख्न सकिने हुँदा दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कामना सेवा विकास बैंकले सडक सुरक्षा, वित्तीय साक्षरता, डिजिटल सचेतना, शिक्षा तथा स्वास्थ्यलगायत क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit