काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
कुमारी बैंक र रमदा अन्कोर बाइ विइन्डमबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। होटलका विभिन्न सेवा सुविधा लिँदा ग्राहकलाई किस्ताबन्दी सुविधा समेत उपलब्ध गराइनेछ।
सम्झौताअनुसार वार्षिक न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले जन्मदिनमा निःशुल्क केक पाउनेछन्। पारिवारिक जमघट तथा कार्यक्रमका लागि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ।यस्तै, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको कोठा निःशुल्क पाउनेछन्। ग्राहकका लागि ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका देशभर २७९ शाखा, २९५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन्। बैंकले ग्राहकलाई थप सरल, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन विभिन्न संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्