Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

१४५ दिन चलेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन, १२ विधेयक पारित

१४५ दिन चलेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन समापन, १२ विधेयक पारित
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन असोज १६ गतेसम्म १४५ दिन चलेको हो ।

विज्ञापन
Advertisement
Advertisement

संसद सचिवालयका अनुसार अधिवेशन अवधिमा ६२ दिनमा प्रतिनिधि सभाका ६८ वटा बैठक बसेका छन् । यस क्रममा संसदले कुल २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय व्यतीत गरेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए। विधायकी कामकारबाहीका दृष्टिले अधिवेशनमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू पारित भएका छन् । प्रतिनिधि सभाले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरणसम्बन्धी कानुन संशोधनलगायत १२ वटा विधेयक पारित गरेको छ। तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् ।

अधिवेशन सकिँदा २० वटा विधेयक भने विभिन्न संसदीय समितिमा विचाराधीन रहेका छन् । थप केही विधेयकहरू संसदको प्रक्रियामा रहेका छन्। दोस्रो अधिवेशनमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्नुका साथै राजस्व र व्ययको वार्षिक अनुमानमाथि विस्तृत छलफल भएको थियो ।

अधिवेशनको अर्को महत्त्वपूर्ण पक्षका रूपमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी विषयमा संसदले खेलेको भूमिकालाई लिइएको छ। विशेषगरी भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधि सभाले गहिरो दुःख व्यक्त गर्दै सरकारलाई प्रभावितको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको थियो । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतका विषयमा सदनमा छलफलसमेत भएको थियो ।

अधिवेशन समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा कानुन निर्माणसँगै जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाएको बताए। उनले विपद् व्यवस्थापन, नीति निर्माण तथा सरकारका कामकारबाहीमाथिको संसदीय निगरानीमा समेत प्रतिनिधि सभाको भूमिका रहेको उल्लेख गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit