काठमाडौं । आयरन मंक नेपाल प्रालिले जोंटेस मोटरसाइकलको नयाँ मोडल जोंटेस जी१ १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालमा जोंटेस मोटरसाइकलको आधिकारिक आयातकर्ता तथा वितरक आयरन मंक नेपालले जी१ सिरिजलाई १२५ सीसी सेग्मेन्टमा एडभेन्चर, टुरिङ र स्ट्रिट मोटरसाइकलको विशेषता समेटिएको क्रसओभर मोटरसाइकलका रूपमा बजारमा ल्याएको हो।

कम्पनीका अनुसार जोंटेस यू१ एडभेन्चर मोटार्ड सिरिजको सफलतापछि जी१ स्क्र्याम्बलर सिरिज नेपालमा ल्याइएको हो। जी१ १२५ लाई दैनिक सहर यात्रादेखि हाइवे, अफरोड, लामो दूरीको यात्रा तथा टुरिङका लागि प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ।
जोंटेस जी१ १२५ दुई भेरियन्टमा उपलब्ध छ। अर्बन स्क्र्याम्बलरको सुरुवाती एक्स–शोरुम मूल्य ४ लाख ४० हजार रुपैयाँ तोकिएको छ भने स्क्र्याम्बलर टुररको मूल्य ४ लाख ९० हजार रुपैयाँ रहेको छ। त्यस्तै, जोंटेसले युरोपेली बजारमा १५ वर्ष पूरा गरेको अवसरमा दुवै भेरियन्टमा ‘स्पेसल लेगेसी एडिसन’ पनि उपलब्ध गराएको छ। यसका लागि थप २० हजार रुपैयाँ तिर्नुपर्नेछ।

लेगेसी एडिसनमा म्याट ब्ल्याक कलर, गोल्डेन रिम तथा प्रिमियम बार–इन्ड मिरर उपलब्ध छन्। कम्पनीले तोकेको मूल्यलाई फेस्टिभ सिजनका लागि लागू हुने प्रारम्भिक मूल्य भनेको छ।
१२५ सीसीमा १५ पीएस पावर
जोंटेस जी१ १२५ मा एलसी४भी इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनले १५ पीएस पावर र १३ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। इन्जिनमा निकासिल कोटेड सिलिन्डर तथा फोर्ज्ड पिस्टन प्रयोग गरिएको छ।

जोंटेस यू१ १२५ बाट विकसित इन्जिनलाई जी१ १२५ का लागि पुनः ट्युन गरिएको कम्पनीको भनाइ छ। ४६ टी रियर स्प्रोकेटसहितको सेटअपले ५ हजार ५०० आरपीएममै अधिकतम टर्कको करिब ८० प्रतिशत उपलब्ध गराउने दाबी गरिएको छ। यसले सहरमा चलाउँदा लो तथा मिड रेन्जमा राम्रो प्रदर्शन दिने कम्पनीको भनाइ छ।
चार–भल्भ प्रविधि, लिक्विड कुलिङ र ओभरड्राइभ छैटौँ गियरसहितको ट्रान्समिसनका कारण मोटरसाइकलले ११८ किलोमिटर प्रतिघण्टाभन्दा बढीको दाबी गरिएको टप स्पिड हासिल गर्ने कम्पनीले जनाएको छ।
२० लिटरको इन्धन ट्यांकी
जी१ १२५ को अर्को प्रमुख विशेषता यसको २० लिटर क्षमताको इन्धन ट्यांकी हो। कम्पनीका अनुसार मोटरसाइकलले ६५ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी गरिएको छ। उक्त माइलेज र २० लिटरको ट्यांकीका आधारमा एकपटक इन्धन भरेपछि १ हजार किलोमिटरभन्दा बढी दूरी तय गर्न सकिने कम्पनीको दाबी छ।

आयरन मंक नेपालका संस्थापक तथा सीटीओ कलश तुलाधरका अनुसार १२५ सीसी सेग्मेन्टमा लामो दूरीको यात्रालाई लक्षित गरी जी१ १२५ मा विभिन्न टुरिङ सुविधाहरू समावेश गरिएको छ।
आयरन मंक नेपालका सीओओ आयुष श्रेष्ठले जी१ १२५ ले ५ लाख रुपैयाँभन्दा कम मूल्यको सेग्मेन्टमा विभिन्न प्रयोग र आवश्यकतालाई एउटै मोटरसाइकलमार्फत सम्बोधन गर्ने दाबी गरे। उनका अनुसार मोटरसाइकल सहरमा दैनिक चलाउनदेखि लामो यात्रा र अफरोडसम्मका लागि प्रयोग गर्न सकिन्छ।
२४ भन्दा बढी विशेषता
कम्पनीले जोंटेस जी१ १२५ अर्बन स्क्र्याम्बलरमा सेग्मेन्टमै पहिलोपटक प्रयोग भएको दाबी गरेका विभिन्न विशेषता समावेश गरेको जनाएको छ।
मोटरसाइकलमा ६–स्पिड गियरबक्ससहितको १२५ सीसी एलसी४भी इन्जिन, निकासिल कोटेड सिलिन्डर, फोर्ज्ड पिस्टन, ३०० एमएम डिस्क ब्रेकसहित डुअल च्यानल एबीएस, टायर प्रेसर मोनिटरिङ सिस्टम ९टीपीएमएस०, १० एएच ब्याट्री, डायमन्ड कट एलोय रिम, एयर टेम्परेचर सेन्सर ९एटीएस० सहितको फ्युल इन्जेक्सन र २० लिटर क्षमताको जिंक–कोटेड ग्याल्भनाइज्ड इन्धन ट्यांकी रहेको छ।
त्यस्तै, आईपी६७ वाटर रेसिस्टेन्ट ब्याकलिट स्विचगियर, पेन्टागन प्रोजेक्टर सेटअपसहितको एलईडी हेडलाइट, एडभेन्चर बाइकबाट प्रेरित हेभी–ड्युटी साइड स्ट्यान्ड, एन्टी–डाइभ यूएसडी फ्रन्ट सस्पेन्सन, असिस्ट तथा स्लिपर क्लच, राइडर र पिलियन दुवैका लागि मेमोरी फोम जेल सिट, ७९५ एमएम सिट हाइट र २०४ एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध छन्।
मोटरसाइकलमा एलुमिनियम एलोय रियर स्विङआर्म, एडजस्टेबल क्लच तथा ब्रेक लेभर, डुअल स्पोर्ट टायर, स्क्र्याम्बलर तथा नियो–रेट्रो डिजाइन, एलईडी लाइटिङ, कुल–टच एक्जस्ट मफलर र डुअल यूएसबी चार्जिङ पोर्टसहित टाइप–सी फास्ट चार्जिङ सुविधा पनि रहेको छ।
एलसीडी इन्स्ट्रुमेन्ट प्यानलमा गियर, इन्धन तथा कुल्यान्ट तापक्रमको जानकारी देखिने कम्पनीले जनाएको छ। साथै, हाजार्ड लाइटका लागि छुट्टै स्विच र लामो दूरीको यात्रालाई ध्यानमा राखेर विशेष ह्यान्डलबार तथा एर्गोनोमिक्स प्रयोग गरिएको छ।
टुरर भेरियन्टमा थप सुविधा
स्क्र्याम्बलर टुरर भेरियन्टमा अर्बन स्क्र्याम्बलरका सुविधासँगै रेडियल्ली माउन्टेड ट्युबलेस क्रस–स्पोक रिम्स उपलब्ध छन्। उच्च क्षमताका एडभेन्चर मोटरसाइकलबाट प्रेरित यी रिमहरू लामो दूरीको यात्रालाई लक्षित गरिएको कम्पनीले जनाएको छ।
टुरर भेरियन्टमा एलुमिनियम एलोय रियर लगेज र्याक बेस, एक्सटेन्डेड ग्राब रेल तथा ह्विल, ब्रेक डिस्क र हेडलाइटका लागि विशेष गार्ड तथा प्रोटेक्टरहरू पनि स्ट्यान्डर्ड रूपमा उपलब्ध छन्। टप र्याक तथा साइड प्यानियरका लागि अतिरिक्त फिटमेन्टको सुविधा पनि रहेको छ।
ई१० पेट्रोल प्रयोग गर्न मिल्ने दाबी
नेपालमा ई१० पेट्रोलको प्रयोगबारे उठ्ने प्रश्नलाई सम्बोधन गर्दै कम्पनीले जोंटेसका मोटरसाइकलहरू सन् २०१७ देखि नै ई१० पेट्रोलसँग अनुकूल रहेको जनाएको छ।
कम्पनीका अनुसार नयाँ २०२६ जोंटेस जी१ १२५ ले युरो भी प्लस होमोलोगेसन मापदण्ड पूरा गरेको छ। साथै, मोटरसाइकलमा प्रयोग गरिएको जिंक–कोटेड ग्याल्भनाइज्ड इन्धन ट्यांकीले इथानोल मिसिएको पेट्रोलका कारण हुन सक्ने क्षरणबाट सुरक्षा दिने कम्पनीको दाबी छ।
सेवा सञ्जाल विस्तार गर्दै आयरन मंक
आयरन मंक नेपालले बिक्रीपछिको सेवा तथा ग्राहक सहयोगलाई प्राथमिकतामा राखिएको जनाएको छ। कम्पनीले काठमाडौंको गैरीधारा, नक्सालमा पूर्ण सुविधासहितको ३एस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीको कुपण्डोल, ललितपुरस्थित फ्ल्यागसिप शोरुम अक्टोबर २०२६ देखि सञ्चालनमा आउने जनाइएको छ। यसबाहेक भक्तपुर र बुटवलमा पनि थप शोरुम विस्तार गर्ने योजना कम्पनीले सार्वजनिक गरेको छ। पोखरामा भने कम्पनीको शोरुम तथा स्पेयर पार्ट्स होल्डिङ सेन्टर यसअघि नै सञ्चालनमा रहेको छ।
आयरन मंक नेपाल प्रालि सन् २०२२ देखि नेपालमा जोंटेस मोटरसाइकलको आधिकारिक आयातकर्ता तथा वितरकका रूपमा कार्यरत रहेको कम्पनीले जनाएको छ।
जोंटेस जी१ १२५ को टेस्ट राइड बुकिङ कम्पनीको वेबसाइट तथा बिक्री प्रतिनिधिमार्फत गर्न सकिने जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्