काठमाडौं। प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले दशैंलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।
नेपालका लागि आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनमार्फत ल्याइएको योजनाअन्तर्गत अल्ट्राभायोलेटको मोटरसाइकल खरिद गर्ने प्रत्येक ग्राहकले निःशुल्क हेल्मेट र डायमन्ड कोटिङ प्राप्त गर्नेछन्। दशैंको अवसरमा ग्राहकलाई लक्षित गर्दै कम्पनीले मोटरसाइकल खरिदसँगै इजी फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको जनाएको छ। यसले प्रिमियम इलेक्ट्रिक मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय विकल्प उपलब्ध गराउने कम्पनीको अपेक्षा छ।
अल्ट्राभायोलेटले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मार्फत आफ्नो नयाँ क्रसओभर इलेक्ट्रिक मोटरसाइकल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो। नेपाली बजारमा एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीका अनुसार दशैं विशेष योजनामा एक्स४७ लगायत अल्ट्राभायोलेटका मोटरसाइकल खरिद गर्ने ग्राहकले हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क पाउनेछन्। साथै, इजी फाइनान्सिङ सुविधाले ग्राहकलाई आफ्नो बजेटअनुसार मोटरसाइकल खरिद गर्न थप सहज बनाउने कम्पनीको दाबी छ।
प्रिमियम डिजाइन, विद्युतीय प्रविधि र आधुनिक सुविधासहितका मोटरसाइकलप्रति नेपाली बजारमा बढ्दो आकर्षणलाई लक्षित गर्दै कम्पनीले दशैंको अवसरमा यस्तो योजना ल्याएको जनाएको छ।
अल्ट्राभायोलेटको मोटरसाइकल तथा दशैं अफरबारे थप जानकारी लिन ग्राहकले कम्पनीका आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्