Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

भक्तपुरमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ शोरुम, दशैं अफरमा १ लाख नगद जित्ने अवसर

भक्तपुरमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ शोरुम, दशैं अफरमा १ लाख नगद जित्ने अवसर
विज्ञापन
Advertisement

काठमाडौं। इटालियन प्रिमियम स्कुटर ब्रान्ड भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भक्तपुरको घलाते चोकमा नयाँ सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

ग्राहकको बढ्दो रुचि र सहज सेवालाई ध्यानमा राख्दै कम्पनीले देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ शोरुमबाट ग्राहकले कम्पनीका अन्य शोरुमसरह बिक्री, सेवा तथा विभिन्न सुविधा प्राप्त गर्नेछन्। शोरुममा अप्रिलियाले हालै नेपाली बजारमा सार्वजनिक गरेको १७५ सीसीको एसआर १७५ स्कुटरसहित भेस्पा तथा अप्रिलियाका सम्पूर्ण मोडल उपलब्ध छन्। भेस्पाका नयाँ लाइल्याक र गोल्डेन ओरो रङका स्कुटरसमेत शोरुममा राखिएको कम्पनीले जनाएको छ।

खरिदमा १ लाखसम्म नगद जित्ने अवसर

नयाँ शोरुम उद्घाटनसँगै ग्राहकले भेस्पा तथा अप्रिलियाको दशैं अफर पनि प्राप्त गर्नेछन्। अफरअन्तर्गत प्रत्येक स्कुटर खरिदमा स्क्र्याचमार्फत १ लाख रुपैयाँसम्म नगद जित्न सकिनेछ। साथै, निश्चित उपहारका रूपमा अनर एक्स फाइभ प्ले स्मार्टवाच उपलब्ध गराइने कम्पनीले जनाएको छ। त्यसैगरी, पुरानो सवारीसाधन एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ। ग्राहकले नागरिकताको आधारमा शून्य प्रतिशत सेवा शुल्कमा वित्तीय सुविधा समेत लिन सक्नेछन्।

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भक्तपुरमा शोरुम विस्तार गर्नु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले भक्तपुरको कला, संस्कृति र हस्तकलाको समृद्ध विरासतलाई भेस्पा तथा अप्रिलियाको इटालियन पहिचानसँग जोड्न पाउँदा खुसी लागेको बताए। नयाँ शोरुममार्फत स्थानीय ग्राहकलाई इटालियन डिजाइन, उत्कृष्टता र प्रदर्शनको अनुभव प्रदान गर्ने उनको भनाइ छ।

त्यस्तै, निर्देशक केतन भिमसारियाले भक्तपुरको समृद्ध सम्पदा र संस्कृतिसँग कम्पनीको ब्रान्ड पहिचानलाई जोड्दै स्थानीय ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने उद्देश्य रहेको बताए। नयाँ शोरुम सञ्चालनमा आएसँगै भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई भेस्पा र अप्रिलियाका स्कुटर खरिद तथा बिक्रीपछिको सेवाका लागि सहज हुने कम्पनीको विश्वास छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit