काठमाडौं। एनएमबि बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांशमा करसमेत समावेश छ। बैंकका अनुसार ७ प्रतिशत लाभांशबापत कुल १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ वितरण हुनेछ।
त्यस्तै, बैंकले जारी गरेको ८.२५ प्रतिशत ‘एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयर’तर्फ ८.२५ प्रतिशतका दरले १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त अग्राधिकार शेयरतर्फको लाभांश करसहित बाँडफाँड भएको मितिदेखि समानुपातिक रूपमा वितरण गरिने बैंकले जनाएको छ।
बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गरेको थियो। सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।















प्रतिक्रिया दिनुहोस्