Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

नेपालका पाँच प्रविधि संस्थालाई ‘असोसियो डिजिटल तथा एआई अवार्ड’

नेपालका पाँच प्रविधि संस्थालाई ‘असोसियो डिजिटल तथा एआई अवार्ड’
विज्ञापन
Advertisement

काठमाडौं। नेपालका पाँच प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो डिजिटल तथा एआई अवार्ड २०२६’ बाट सम्मानित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) को आयोजनामा इन्डोनेसियाको जकार्तामा बुधबार सम्पन्न ‘असोसियो डिजिटल तथा एआई समिट २०२६’ का अवसरमा नेपाली संस्थालाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो। अवार्डअन्तर्गत सनवे इन्टरनेसनल बिजनेस स्कुलले एआई प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ। इनसाइट टेक्नोलोजी प्रालिले साइबर सुरक्षामा एआई पुरस्कार, वाइज याक सोलुसन्स प्रालिले स्वास्थ्य सेवामा एआई पुरस्कार, डिभी एक्सेलस प्रालिले स्मार्ट कृषिमा एआई पुरस्कार तथा अभियान्ता फाउन्डेसनले कार्यबल तथा भविष्यका सीपमा एआई पुरस्कार हात पारेका हुन्।

नेपालको असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को सिफारिसमा सहभागी भएका नेपाली संस्थाले विभिन्न विधामा उत्कृष्ट हुँदै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका हुन्। क्यान महासंघका अनुसार यस वर्ष नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्किने गरी विभिन्न विधामा संस्थाहरूको मनोनयन सिफारिस गरिएको थियो। क्यान महासंघका पूर्वअध्यक्ष तथा असोसियोका उपाध्यक्ष नवराज कुँवरले असोसियो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रविधि संस्थाको सहभागिता र सम्मान नेपालका लागि गौरवको विषय भएको बताए। उनले यस्ता अन्तर्राष्ट्रिय सम्मानले नेपाली प्रविधि कम्पनीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न थप प्रोत्साहन मिल्ने बताए।

क्यान महासंघले असोसियो अवार्डले नेपाललाई क्षेत्रीय डिजिटल केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस्ता सम्मानले नेपाली प्रविधि कम्पनीलाई नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न प्रेरणा दिने महासंघको भनाइ छ। ‘सुरक्षित अर्थतन्त्र, प्रविधि र व्यावहारिक एआईमार्फत समाज तथा उद्योगको रूपान्तरण’ भन्ने विषयमा केन्द्रित यस वर्षको असोसियो डिजिटल तथा एआई समिटमा कृत्रिम बौद्धिकताको भूमिका, साइबर सुरक्षा, डिजिटल सरकार, स्टार्टअप पारिस्थितिक प्रणाली तथा प्रतिभा विकासलगायत विषयमा छलफल भएको थियो।

समिटमा एसिया तथा ओसियनियाका २४ देशका प्रतिनिधि सहभागी भएका थिए। कार्यक्रममा विभिन्न प्यानल छलफल, कार्यशाला तथा प्रदर्शनीमार्फत नवीनतम प्रविधि र नवप्रवर्तन प्रस्तुत गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit