Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा, यस्तो बन्यो नयाँ कार्यसमिति

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा, यस्तो बन्यो नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडौं। मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा सर्वसम्मत चयन भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

एशोसिएसनको दशौं वार्षिक साधारण सभाले मलहोत्राको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा र कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन्। त्यस्तै, सञ्चालक सदस्यमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष मलहोत्राले एशोसिएसनलाई सर्वसम्मत नेतृत्व प्रदान गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा पदाधिकारीप्रति आभार व्यक्त गर्दै मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले व्यवसायीका साझा समस्या समाधानका लागि सरकारी निकाय तथा सम्बन्धित सरोकारवालासँग प्रभावकारी समन्वय र सहकार्यलाई प्राथमिकता दिने बताए। त्यस्तै, नवनिर्वाचित उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसायको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

उनका अनुसार मोबाइल फोनको वितरण प्रणाली तथा बजार व्यवस्थापनमा सुधार, अवैध पैठारी अर्थात् ‘ग्रे मार्केट’ नियन्त्रण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रभावकारी प्रवर्द्धन, छाता संगठनहरूसँग समन्वय, व्यवसायीको हकहित संरक्षण तथा उपभोक्ता हित प्रवर्द्धनलाई एशोसिएसनले प्रमुख प्राथमिकतामा राख्नेछ। निजी क्षेत्र, सरकारी निकाय र सम्बन्धितसरोकारवालाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन एशोसिएसनले सक्रिय भूमिका निर्वाह गर्ने अग्रवालले बताए।

सभामा सदस्यहरूले मोबाइल फोन व्यवसाय क्षेत्रमा देखिएका समसामयिक चुनौती, व्यवसायीका साझा समस्या, एशोसिएसनको कार्यसम्पादन तथा आगामी कार्यदिशाका विषयमा सुझाव र धारणा राखेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit