Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

ट्रान्क्विलिटी स्पाले पायो अन्तर्राष्ट्रिय स्पा संघको सदस्यता

ट्रान्क्विलिटी स्पाले पायो अन्तर्राष्ट्रिय स्पा संघको सदस्यता
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा स्पा तथा वेलनेस क्षेत्रलाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा विकास गर्दै आएको ट्रान्क्विलिटी स्पाले अन्तर्राष्ट्रिय स्पा संघ (आईएसपीए)को सदस्यता प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालभर करिब २० वटा शाखामार्फत सेवा दिँदै आएको ट्रान्क्विलिटी स्पा नेपालबाट उक्त संस्थाको सदस्यता प्राप्त गर्ने पहिलो तथा एकमात्र स्पा बनेको जनाएको छ। यस सदस्यताले ट्रान्क्विलिटी स्पालाई विश्वभरका स्पा तथा वेलनेस व्यवसाय, विज्ञ र संस्थासँग जोडिन तथा अन्तर्राष्ट्रिय अभ्यास, मापदण्ड, अनुसन्धान, प्रविधि र नयाँ प्रवृत्तिबारे ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।

संस्थापक सुरेश पुरीले यो उपलब्धि ट्रान्क्विलिटी स्पासँगै नेपालको समग्र स्पा तथा वेलनेस क्षेत्रकै गौरवको विषय भएको बताए। उनले अन्तर्राष्ट्रिय ज्ञान र अभ्यास नेपालमा भित्र्याउँदै क्षेत्रलाई थप व्यवस्थित, दक्ष र प्रतिस्पर्धी बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालमा वेलनेस पर्यटनको सम्भावना बढिरहेका बेला यो सदस्यताले नेपाली स्पा तथा वेलनेस क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit