Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

महिला चिकित्सकलाई वित्तीय व्यवस्थापन सिकाउँदै कामना सेवा विकास बैंक

महिला चिकित्सकलाई वित्तीय व्यवस्थापन सिकाउँदै कामना सेवा विकास बैंक
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघले ६० भन्दा बढी महिला चिकित्सकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

महिला चिकित्सकहरूमा व्यक्तिगत वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रस्तुतीकरण, अन्तरक्रिया तथा व्यावहारिक सहजीकरणमार्फत सहभागीलाई वित्तीय व्यवस्थापनका विभिन्न पक्षबारे जानकारी दिइएको थियो।

कार्यक्रमको सुरुवात गर्दै डा.सुजिता हिराचनले चिकित्सकका लागि वित्तीय व्यवस्थापन, बजेट निर्धारण तथा कर व्यवस्थापनको आवश्यकता र महत्वबारे प्रकाश पारेकी थिइन्। कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी विषयमा डा. अनुपमा सङ्ग्रौलाले तथा कामना सेवा विकास बैंकका तर्फबाट डिजिटल अपरेसन विभाग प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्यकान्त न्यौपानेले सहजीकरण गरेका थिए। उनीहरूले व्यक्तिगत वित्तीय योजना, बजेट निर्माण, बचत, लगानी, कर व्यवस्थापन र दीर्घकालीन वित्तीय सुरक्षालगायत विषयमा व्यावहारिक जानकारी दिएका थिए।

कार्यक्रमका अध्यक्ष डा. बद्री रिजालले चिकित्सकहरूले आफ्नो पेशासँगै वित्तीय व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने बताए। व्यावसायिक जीवनसँगै व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि वित्तीय ज्ञान र व्यवस्थित वित्तीय योजना आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रम संयोजक डा. निशा आचार्यले महिला चिकित्सकका लागि वित्तीय साक्षरता महत्वपूर्ण विषय भएकाले यस्ता कार्यक्रमले उनीहरूको आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइन्।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्की विशेष अतिथिका रूपमा सहभागी थिए। त्यस्तै, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. युबिन यादव र नेपाल चिकित्सक संघकी कार्यकारी सदस्य डा. बिना श्रेष्ठ अतिथिका रूपमा उपस्थित थिए।महिला चिकित्सकहरूको व्यावसायिक विकाससँगै आर्थिक सशक्तीकरण र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले सहभागीलाई आम्दानीको उचित व्यवस्थापन, भविष्यका लागि वित्तीय योजना निर्माण तथा आर्थिक निर्णय लिन थप सक्षम बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

कामना सेवा विकास बैंकले वित्तीय पहुँच, वित्तीय साक्षरता तथा वित्तीय समावेशीकरण अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit