Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
विज्ञापन
Advertisement

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको हो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेल्दै टोलीको इनिङ्स सम्हाले। उनले १२७ बलमा १०१ रन बनाए। उनको पारीमा आठ चौका र एक छक्का समावेश थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो।

रोहितबाहेक गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए। उनले चार चौका प्रहार गरे। त्यस्तै, बसिर अहमदले ५७ बलमा ३० रन र अर्जुन कुमालले २३ रनको योगदान दिए। नेपालका अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। रोहित र गुल्सन बाहिरिएपछि क्रिजमा आएका अधिकांश ब्याटर दोहोरो अंकमा रन बनाउन असफल हुँदा नेपाली टोली २३५ रनमै समेटियो।

क्यानडाका लागि अखिल कुमारले सर्वाधिक चार विकेट लिए। उनले ४२ रन खर्चिए। सुखजिन्दर सिंहले तीन तथा जाहिद शिरजादले दुई विकेट हात पारे।यसअघि क्यानडाका कप्तान हम्जा तारिकले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो।नेपाल क्यानडाविरुद्ध जित निकाल्दै शृंखलामा सुखद सुरुआत गर्ने लक्ष्यमा छ। विश्वकप लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा उक्लिने अवसरसमेत नेपालसँग छ। हाल ३२ खेलबाट २४ अंक जोडेको नेपाल सातौँ स्थानमा छ। क्यानडा भने २५ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा रहेको छ।

नेपालले यस खेलमा जित निकाले क्यानडासँगको अंकदूरी घटाउँदै छैटौँ स्थानमा उक्लिनेछ। तर, क्यानडाले जित हात पारे आफ्नो छैटौँ स्थानलाई थप मजबुत बनाउनेछ। अब नेपालको लक्ष्य क्यानडालाई निर्धारित लक्ष्यमा रोक्दै महत्त्वपूर्ण जित निकाल्नु हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit