Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

सुदूरपश्चिम प्रदेशमा तीन महिनापछि बल्ल फुक्यो बजेट गाँठो, ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत 

सुदूरपश्चिम प्रदेशमा तीन महिनापछि बल्ल फुक्यो बजेट गाँठो, ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत 
विज्ञापन
Advertisement

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ सरकार गठन भएको करिब दुई महिनापछि आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले यसअघि तत्कालीन आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीमार्फत गत असार १ गते प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित हुन सकेको थिएन। नेपाली कांग्रेस र नेकपा एमालेबीचको राजनीतिक तथा सत्ता समीकरणमा देखिएको विवादका कारण बजेट पारित प्रक्रिया अघि बढ्न नसक्दा प्रदेशमा बजेट कार्यान्वयन अन्योलमा परेको थियो।

त्यसपछि एमालेको समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। नयाँ सरकार बनेको करिब दुई महिनापछि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको हो। प्रदेश सरकारले बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ जुटाउने अनुमान गरेको छ। त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट तथा अन्य रकम, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान र अघिल्लो आर्थिक वर्षको मौज्दातलाई बजेटको स्रोतका रूपमा राखिएको छ।

यसअघि बजेट पारित हुन नसक्दा प्रदेश सरकारको नियमित खर्च तथा प्रशासनिक कामकाज प्रभावित भएका थिए। कर्मचारीको तलब भुक्तानी र विकास निर्माणका कार्यक्रम कार्यान्वयनमा समेत अन्योल सिर्जना भएको थियो। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित हुन नसक्नुमा तत्कालीन सरकारभित्रै बजेट विनियोजन र योजनाको बाँडफाँटलाई लिएर देखिएको असहमति पनि प्रमुख कारण बनेको थियो।अब नयाँ सरकारले बजेट प्रस्तुत गरेसँगै प्रदेशको वित्तीय तथा प्रशासनिक कामकाजलाई नियमित बनाउने बाटो खुलेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit