Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

दशैंअघि ८५ उपसचिवको सरुवा, अर्थ मन्त्रालयमा १७ तानिए, बाँकी ६८ कहाँ पुगे ? (सूचिसहित)

दशैंअघि ८५ उपसचिवको सरुवा, अर्थ मन्त्रालयमा १७ तानिए, बाँकी ६८ कहाँ पुगे ? (सूचिसहित)
सांकेतिक तस्बिर
विज्ञापन
Advertisement

काठमाडौं । दशैंको बिदा सुरु हुनुअघि अर्थ मन्त्रालयले राजस्व समूहका उपसचिवसहित विभिन्न पदमा कार्यरत अधिकारीहरूको व्यापक सरुवा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयको असोज २३ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, राजस्व समूह, राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकारीहरूको सरुवा गरिएको हो । विभिन्न कार्यालयमा कार्यरत १७ जना अधिकारीलाई अर्थ मन्त्रालयमा ल्याइएको छ। यसरी सरुवा हुनेमा आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय तथा राजस्व अनुसन्धान निकायमा कार्यरत अधिकारीहरू छन् ।

अर्थ मन्त्रालयमा सरुवा हुनेमा अम्बिकाप्रसाद फुयाल, दयानन्द केसी, सुबोध खतिवडा, सन्तबहादुर ढकाल, ध्रुवप्रसाद पाण्डे, मुक्तिराम आचार्य, पूर्णप्रसाद न्यौपाने, सीता आचार्य, टीकारानी चौलागाईं, प्रेमराज पोखरेल, फणीन्द्र खतिवडा, सुजितकुमार सिंह, ध्रुवराज शर्मा, नरेन्द्रप्रकाश पाण्डेय, अम्बिकाप्रसाद खनाल र उद्धवराज न्यौपाने रहेका छन् । त्यस्तै, राजस्व अनुसन्धान विभागमा निर्देशक रहेका ध्रुव पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाइएको विवरणमा उल्लेख छ ।

अर्थ मन्त्रालयमा सरुवा हुने अधिकारी र उनीहरूको साविक कार्यालय

१. अम्बिकाप्रसाद फुयाल — आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेशबाट अर्थ मन्त्रालय।

२. दयानन्द केसी — निर्देशक, चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट अर्थ मन्त्रालय।

३. सुबोध खतिवडा — निर्देशक, आन्तरिक राजस्व विभागबाट अर्थ मन्त्रालय।

४. सन्तबहादुर ढकाल — प्रमुख कर अधिकृत, ठूला करदाता कार्यालय, हरिहरभवनबाट अर्थ मन्त्रालय।

५. ध्रुवप्रसाद पाण्डे — प्रमुख कर अधिकृत, ठूला करदाता कार्यालय, हरिहरभवनबाट अर्थ मन्त्रालय।

६. मुक्तिराम आचार्य — प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, महाराजगन्जबाट अर्थ मन्त्रालय।

७. पूर्णप्रसाद न्यौपाने — प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, नेपालगन्जबाट अर्थ मन्त्रालय।

८. सीता आचार्य — प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, ललितपुर–२ बाट अर्थ मन्त्रालय।

९. टीकारानी चौलागाईं — प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, वीरगन्जबाट अर्थ मन्त्रालय।

१०. प्रेमराज पोखरेल — प्रमुख कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, भैरहवाबाट अर्थ मन्त्रालय।

११.फणीन्द्र खतिवडा — प्रमुख भन्सार अधिकृत, कृष्णनगर भन्सार कार्यालयबाट अर्थ मन्त्रालय।

१२. सुजितकुमार सिंह — प्रमुख अनुसन्धान अधिकृत, राजस्व अनुसन्धान कार्यालय, इटहरीबाट अर्थ मन्त्रालय।

१३. ध्रुवराज शर्मा — निर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोकबाट अर्थ मन्त्रालय।

१४. नरेन्द्रप्रकाश पाण्डेय — निर्देशक, राजस्व अनुसन्धान विभाग, हरिहरभवनबाट अर्थ मन्त्रालय।

१५. अम्बिकाप्रसाद खनाल — प्रमुख कर अधिकृत, ठूला करदाता कार्यालय, हरिहरभवनबाट अर्थ मन्त्रालय।

१६. उद्धवराज न्यौपाने — प्रमुख कर अधिकृत, ठूला करदाता कार्यालय, हरिहरभवनबाट अर्थ मन्त्रालय।

१७. ध्रुव पोखरेल — निर्देशक, राजस्व अनुसन्धान विभाग, हरिहरभवनबाट अर्थ मन्त्रालयमा सरुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज।

आन्तरिक राजस्व कार्यालयमा खटाइएका अधिकारी

सरुवा सूचीअनुसार अर्थ मन्त्रालय वा मातहतका निकायमा कार्यरत अधिकारीहरूलाई विभिन्न आन्तरिक राजस्व कार्यालयमा प्रमुख कर अधिकृतको जिम्मेवारी दिइएको छ । यसबाट कर प्रशासनका विभिन्न कार्यालयको नेतृत्वमा फेरबदल भएको छ ।

ऋषिराम अर्जेल — अर्थ मन्त्रालय वा अन्तर्गतबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, जुम्ला।

लालप्रसाद शर्मा गेहेनी — आन्तरिक राजस्व विभागका निर्देशकबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, दाङ।

शरद निरौला — अर्थ मन्त्रालयबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, जुम्ला।

प्रभात घिमिरे — आन्तरिक राजस्व कार्यालय, जुम्लाबाट आन्तरिक राजस्व कार्यालय, ललितपुर–२।

गणेशप्रसाद डाँगी — आन्तरिक राजस्व कार्यालय, कालिमाटीमा प्रमुख कर अधिकृतको जिम्मेवारी।

युगलकिशोर गौतम — आन्तरिक राजस्व कार्यालय, कावासोतीमा प्रमुख कर अधिकृतको जिम्मेवारी।

तोयानाथ सापकोटा — राजस्व अनुसन्धान विभागका निर्देशकबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, जनकपुर।

लक्ष्मीकुमार रिमाल — मध्यमस्तरीय करदाता कार्यालय, काठमाडौंबाट आन्तरिक राजस्व कार्यालय, जोरपाटी।

प्रेमप्रसाद उपाध्याय — अर्थ मन्त्रालयबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, नेपालगन्ज।

विनोद पाठक — अर्थ मन्त्रालय वा अन्तर्गतबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, न्युरोड।

राजकुमार खतिवडा — आन्तरिक राजस्व विभागका निर्देशकबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, बालाजु।

गजेन्द्रप्रसाद यादव — अर्थ मन्त्रालयबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, वीरगन्ज।

ढोलिन्द्रप्रसाद शर्मा — अर्थ मन्त्रालयबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, भैरहवा।

श्रीधर टण्डन — आन्तरिक राजस्व कार्यालय, दाङबाट आन्तरिक राजस्व कार्यालय, महाराजगन्ज।

विकास रजक — गौर भन्सार कार्यालयबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, सिमरा।

लक्ष्मी पराजुली — आन्तरिक राजस्व विभागकी निर्देशकबाट प्रमुख कर अधिकृतका रूपमा आन्तरिक राजस्व कार्यालय, हेटौंडा।

आन्तरिक राजस्व विभागमा निर्देशकको जिम्मेवारी

सरुवा विवरणमा विभिन्न कर कार्यालय तथा राजस्व अनुसन्धान निकायमा कार्यरत अधिकारीहरूलाई आन्तरिक राजस्व विभागमा निर्देशकको जिम्मेवारी दिइएको छ ।

युवराज बस्नेत — आन्तरिक राजस्व कार्यालय, नयाँसडकबाट निर्देशक, आन्तरिक राजस्व विभाग।

नवराज अर्याल — मध्यमस्तरीय करदाता कार्यालय, काठमाडौंबाट निर्देशक, आन्तरिक राजस्व विभाग।

पुण्यविक्रम खड्का — आन्तरिक राजस्व कार्यालय, भरतपुरबाट निर्देशक, आन्तरिक राजस्व विभाग।

दिनेश पाण्डे — आन्तरिक राजस्व कार्यालय, सिमरा, बाराबाट निर्देशक, आन्तरिक राजस्व विभाग।

भक्तप्रसाद सुवेदी — आन्तरिक राजस्व कार्यालय, हेटौंडाबाट निर्देशक, आन्तरिक राजस्व विभाग।

सन्तोष न्यौपाने — राजस्व अनुसन्धान विभागबाट निर्देशक, आन्तरिक राजस्व विभाग।

यमराज पाण्डे — राजस्व अनुसन्धान विभागबाट निर्देशक, आन्तरिक राजस्व विभाग।

दीपेन्द्रप्रकाश गिरी — तातोपानी भन्सार कार्यालयबाट निर्देशक, आन्तरिक राजस्व विभाग।

जनार्दन पौडेल — नेपालगन्ज भन्सार कार्यालयबाट निर्देशक, आन्तरिक राजस्व विभाग।

प्रदेश, भन्सार र अन्य निकायमा जिम्मेवारी हेरफेर

सरुवाबाट प्रदेशको आर्थिक मामिला मन्त्रालय, एकल बिन्दु सेवा केन्द्र तथा विभिन्न भन्सार कार्यालयको जिम्मेवारीमा समेत परिवर्तन भएको छ ।

जगदीश बसेल — मध्यमस्तरीय करदाता कार्यालय, काठमाडौंबाट उपसचिवका रूपमा आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश।

सम्झना बराल — अर्थ मन्त्रालयबाट उपसचिवका रूपमा आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश।

उर्मिला कँडेल — आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेशबाट उपसचिवका रूपमा एकल बिन्दु सेवा केन्द्र, त्रिपुरेश्वर।

किशोर बर्तौला — भन्सार विभागबाट प्रमुख भन्सार अधिकृतका रूपमा कृष्णनगर भन्सार कार्यालय।

राधेश्याम दाहाल — राजस्व अनुसन्धान कार्यालय, बुटवलबाट प्रमुख भन्सार अधिकृतका रूपमा कैलाली भन्सार कार्यालय।

सुमन शर्मा — अर्थ मन्त्रालय वा अन्तर्गतबाट प्रमुख भन्सार अधिकृतका रूपमा गौर भन्सार कार्यालय।

शिवलाल न्यौपाने — मेची भन्सार कार्यालयबाट प्रमुख भन्सार अधिकृतका रूपमा चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय।

विदुर पुडासैनी — मुस्ताङ भन्सार कार्यालयबाट प्रमुख भन्सार अधिकृतका रूपमा जनकपुर भन्सार कार्यालय।

सुरेन्द्र पाण्डे — आन्तरिक राजस्व कार्यालय, बालाजुबाट प्रमुख कर अधिकृतका रूपमा ठूला करदाता कार्यालय, हरिहरभवन।

सुदिशकुमार अर्याल — अर्थ मन्त्रालयबाट प्रमुख कर अधिकृतका रूपमा ठूला करदाता कार्यालय, हरिहरभवन।

कर तथा राजस्व प्रशासनमा व्यापक फेरबदल

सरुवा विवरणले अर्थ मन्त्रालयमा अधिकारी तान्नुका साथै कर संकलन, राजस्व अनुसन्धान, भन्सार प्रशासन र मातहतका कार्यालयको नेतृत्वमा समेत फेरबदल गरिएको देखाएको छ। सरकारले आन्तरिक राजस्व विभागमा निर्देशकको जिम्मेवारी पाएका अधिकारीसँगै विभिन्न जिल्लाका कर तथा भन्सार कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाल्ने अधिकारी पनि परिवर्तन भएका छन् । एकैपटक ठूलो संख्यामा (८५ जना) अधिकारीको जिम्मेवारी हेरफेर हुँदा मन्त्रालय र मातहतका निकायको प्रशासनिक व्यवस्थापनमा परिवर्तन आउने देखिन्छ ।

को कहाँ पुगे ? (सूचिसहित)

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit