Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व बोनस दिन श्रम विभागको निजी छाता संगठनलाई पत्राचार

श्रमिकलाई एक महिनाको तलब बराबर चाडपर्व बोनस दिन श्रम विभागको निजी छाता संगठनलाई पत्राचार
विज्ञापन
Advertisement

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग, व्यवसाय तथा निजी विद्यालयमा कार्यरत सम्पूर्ण श्रमिक, शिक्षक र कर्मचारीलाई कानुनबमोजिम चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निजी क्षेत्रका छाता सङ्गठनहरूलाई पत्राचार गरेको हो। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था छ। प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि यस्तो खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था ऐनमा गरिएको छ।

विभागले असोज २३ गते नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार गर्दै आफ्ना आबद्ध रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्थाबारे जानकारी गराउन र श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको हो।

त्यसैगरी, विभागले आज( २६ गते) निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पनि छुट्टै पत्राचार गरेको छ। विभागले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न सम्बन्धित सङ्गठनहरूको ध्यानाकर्षण गराएको हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit