Advertisement
Advertisement
Corporate Samachar
२१ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

गलौंदीमा आज राति ११ बजेदेखि राजमार्ग बन्द हुने

गलौंदीमा आज राति ११ बजेदेखि राजमार्ग बन्द हुने
विज्ञापन
Advertisement

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा सडकको थप मर्मतसम्भारका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आज राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार त्रिशूली नदीको कटानले सडक भासिएपछि मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याइएको उक्त खण्डलाई थप सुरक्षित र दिगो बनाउन पुनः मर्मत गर्न लागिएको हो।

 

उक्त अवधिमा सो मार्ग हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई वैकल्पिक व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। समस्या वा आपत्कालीन सहयोगका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न समेत प्रशासनले आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit