काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार खतिवडाले दुई हजार २७९ मत प्राप्त गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा अजयबाबु शिवाकोटी एक हजार ६६८ मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै, डिल्लीराम सुवेदीले एक हजार ३९३ र देवेन्द्रराज कँडेलले एक हजार ७३ मत प्राप्त गरेका छन् ।
सहमहामन्त्री खुलातर्फ दुई पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पछिल्लो विवरणअनुसार विकास कोइरालाले ८६८, राजीव ढुंगानाले ९२७, अमृतकुमार अर्यालले ७९६, रमेशप्रसाद धमलाले ६१६ र विमलराज क्षेत्रीले २१६ मत पाएका छन् । खतिवडा सुरुदेखि नै अग्रस्थानमा रहँदै आएका छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।















प्रतिक्रिया दिनुहोस्