Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

रसुवाका बाढीपीडितलाई ठमेलका व्यवसायीको नगद र खाद्यान्न सहयोग

रसुवाका बाढीपीडितलाई ठमेलका व्यवसायीको नगद र खाद्यान्न सहयोग
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल रात्रीकालीन मनोरञ्जन व्यवसायी सङ्घ, ठमेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई नगद तथा खाद्यान्न सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घले काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा आश्रय लिइरहेका बाढीपीडितलाई नगद र दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो। सङ्घका अनुसार बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि पाँच लाख रुपैयाँ नगदसहित खाद्यान्न तथा अन्य आवश्यक सामग्री सहयोग गरिएको छ। सहयोगअन्तर्गत १२ बोरा चामल, तीन बोरा दाल, एक बोरा चिउरा, ३० कार्टुन चाउचाउ र महिलाका लागि स्यानिटरी प्याड उपलब्ध गराइएको छ।

सोमबार सङ्घका अध्यक्ष रुपेश गुरुङले राहत सामग्री तथा नगद गोसाईकुण्ड गाउँपालिका–२ की कार्यवाहक वडाध्यक्ष किप्पा नगरकोटीलाई हस्तान्तरण गरेका हुन्। भोटेकोशीमा आएको बाढीका कारण घरबार, खाद्यान्न र दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेपछि प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको सङ्घका अध्यक्ष गुरुङले बताए। विपद्का कारण समस्यामा परेका नागरिकको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको उनको भनाइ छ।

स्वयम्भुस्थित मुस्ताङ गुम्बामा हाल रसुवाका १५५ परिवारका ३०० भन्दा बढी नागरिकले आश्रय लिइरहेका छन्। बाढीबाट विस्थापित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको सङ्घका संयोजक प्रकाश श्रेष्ठ ‘टाइगर’ले जानकारी दिए।

प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै सङ्घले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग र सहकार्यको महत्त्वमा जोड दिएको छ। राहत हस्तान्तरण कार्यक्रममा सङ्घका सल्लाहकार कर्मा घले र श्री शाही, सचिव सबु तामाङ तथा कोषाध्यक्ष रमेशकुमार श्रेष्ठलगायतको सहभागिता थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit