Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

माउन्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने, कात्तिक २० मा बोलायो साधारण सभा

माउन्टेन इनर्जीले २१ प्रतिशत लाभांश दिने, कात्तिक २० मा बोलायो साधारण सभा
विज्ञापन
Advertisement

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको १३औँ वार्षिक साधारण सभा र सम्बन्धित नियामक निकायबाट स्वीकृत भएपछि वितरण हुनेछ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २० गते काठमाडौंको भाटभटेनीस्थित एक ब्याङ्क्वेटमा वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि छलफल गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार कात्तिक ९ गतेसम्म शेयरधनी कायम रहेका लगानीकर्ता प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउँछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit