Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

दुई दशकभन्दा बढी समयदेखि बैंकमा आबद्ध भट्टराई लक्ष्मी सनराइजको सीईओ नियुक्त

दुई दशकभन्दा बढी समयदेखि बैंकमा आबद्ध भट्टराई लक्ष्मी सनराइजको सीईओ नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बैंकको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। बैंकका कम्पनी सचिव पियुष राज अर्यालका अनुसार भट्टराईको नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागू हुनेछ। उनी हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) का रूपमा कार्यरत छन्।

हालका सीईओ अजय विक्रम शाहको दोस्रो कार्यकाल पूरा हुन लागेसँगै बैंकले नयाँ नेतृत्वका रूपमा भट्टराईलाई अघि सारेको हो। बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका भट्टराईले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । भट्टराईले सन् १९९९ सेप्टेम्बरदेखि सन् २००१ सेप्टेम्बरसम्म साविक नेपाल इन्डोस्वीज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) मा काम गरेका थिए। त्यसपछि उनी साविक पूर्वाञ्चल ग्रामीण विकास बैंक र कुमारी बैंकमा पनि कार्यरत रहे।

यस्तै, उनी सन् २००२ देखि लक्ष्मी सनराइज बैंकमा आबद्ध छन्। बैंकभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतसम्म पुगेका भट्टराईले सीईओको जिम्मेवारी पाएसँगै अब बैंकको समग्र व्यवस्थापकीय नेतृत्व गर्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit