Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

भोटेकोशी बाढीपीडितको सेवामा खटिएका ८६ स्वयंसेवकलाई गोल्याण फाउण्डेसनको सम्मान

भोटेकोशी बाढीपीडितको सेवामा खटिएका ८६ स्वयंसेवकलाई गोल्याण फाउण्डेसनको सम्मान
विज्ञापन
Advertisement

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्‍याउन सक्रिय भूमिका निर्वाह गरेका ८६ जना स्वयंसेवकलाई गोल्याण फाउण्डेसनले सम्मान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

विपद्का बेला प्रभावित परिवारको राहत, स्वास्थ्य र मनोसामाजिक सहयोगमा योगदान पुर्‍याएका स्वयंसेवकको सेवाभावको कदर गर्दै फाउण्डेसनले सम्मान कार्यक्रम आयोजना गरेको हो।

गोल्याण ग्रुपअन्तर्गतको सामाजिक संस्था गोल्याण फाउण्डेसनले नुवाकोटको विदुर नगरपालिका–३, पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरमार्फत २५ दिनसम्म मानवीय सहायता अभियान सञ्चालन गरेको थियो। उक्त अभियानमा संलग्न स्वयंसेवकहरूले बाढी प्रभावित परिवारलाई आवश्यक सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अभियानअन्तर्गत प्रभावित परिवारका लागि सामुदायिक भान्छा सञ्चालन, स्वास्थ्य सेवा, मनोसामाजिक प्राथमिक सहायता तथा बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरिएको थियो। विपद्का कारण कठिन परिस्थितिमा रहेका परिवारलाई राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा स्वयंसेवकहरू निरन्तर खटिएका थिए।

सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रतिनिधिसभा सदस्य डा। अच्युतम लामिछानेले विपद्का समयमा निःस्वार्थ भावनाका साथ सेवामा जुट्ने स्वयंसेवकहरूको योगदानको प्रशंसा गरे। उनले प्रभावित समुदायलाई सहयोग पुर्‍याउन गोल्याण फाउण्डेसनले सञ्चालन गरेको मानवीय तथा परोपकारी अभियानको पनि सराहना गरे।

गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले स्वयंसेवकहरूको समर्पण, सेवाभाव र सामूहिक प्रयासले मानवीय सहायता अभियानलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा योगदान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। मानवीय सेवामा सक्रिय स्वयंसेवकहरूलाई निरन्तर प्रोत्साहन गरिने उल्लेख गर्दै उनले गोल्याण ग्रुप उनीहरूको साथमा रहने विश्वाससमेत व्यक्त गरे।

त्यसैगरी, गोल्याण फाउण्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले अभियानका क्रममा फिल्ड कमान्डरका रूपमा प्रत्यक्ष नेतृत्व गर्दाका अनुभव साझा गरिन्। उनले विपद्को कठिन घडीमा स्वयंसेवकहरूबीच देखिएको सहकार्य, समर्पण र मानवीय भावनाले अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको बताइन्।अभियानमा खटिएका स्वयंसेवक, सहकर्मी तथा सहयोगी संस्थाहरूप्रति उनले आभार व्यक्त गरिन्।

कार्यक्रममा जेन–जी परिवार कल्याण समाजका उपाध्यक्ष बसन्त किशोर श्रेष्ठ, सदस्य पुरुषोत्तम खतिवडालगायत गोल्याण ग्रुपका विभिन्न तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विपद्का समयमा प्रभावित समुदायलाई राहत तथा सहयोग पुर्‍याउन स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण रहने सन्देशसहित आयोजित कार्यक्रमले मानवीय सेवामा सक्रिय व्यक्तिहरूको योगदानलाई सम्मान गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit