Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो, आरोपमाथि थप छानबिन गरिने

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो, आरोपमाथि थप छानबिन गरिने
विज्ञापन
Advertisement

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया तत्कालका लागि रोकिएको छ।

विज्ञापन
Advertisement
Advertisement

खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको सम्बन्ध तथा शैक्षिक र कूटनीतिक योग्यतासम्बन्धी प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले थप अध्ययन र प्रमाणको परीक्षण गरेर मात्रै निर्णय लिने भएको हो।

संसदीय सुनुवाइ समितिको बैठकमा खरेलले आफूमाथि लागेका आरोपहरू तथ्यहीन र भ्रामक रहेको दाबी गरे । उनले जग्गा कारोबार, आर्थिक लेनदेन तथा अनुदान मिलाइदिने प्रलोभन दिएको भन्ने आरोप अस्वीकार गर्दै आफ्नो संलग्नता पुष्टि गर्ने प्रमाण भए पेस गर्न चुनौती दिए। आफू व्यवस्थापकीय जिम्मेवारीमा मात्रै रहेको उल्लेख गर्दै संस्थागत बेरुजु र चेक कारोबारमा आफ्नो एकल निर्णय नहुने उनको जिकिर थियो। तर, सांसदहरूले प्रस्तावित राजदूतमाथि उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिएर आवश्यक छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।

नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले खरेलको शैक्षिक पृष्ठभूमि र कूटनीतिक अनुभव मलेसियाजस्तो मुलुकको राजदूतका लागि पर्याप्त छ कि छैन भन्ने प्रश्न उठाए । उनले सामाजिक सञ्जालको दुरुपयोग, म्यानपावर व्यवसायीसँगको सम्बन्ध र अनुदानसम्बन्धी विषयमा अनुसन्धान गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले खरेलको भनाइ र सार्वजनिक भएका अडियो तथा कागजातबीच विरोधाभास देखिएको भन्दै तथ्य र प्रमाणको वस्तुनिष्ठ परीक्षण गर्नुपर्नेमा जोड दिए ।सांसद वर्षमान पुनले पनि हतारमा निर्णय लिनुभन्दा समितिमा प्राप्त थप प्रमाण र कागजातको अध्ययन गर्नु उपयुक्त हुने बताए।

आरोप स्पष्ट नभई नियुक्ति प्रक्रिया अघि बढाउँदा कूटनीतिक वातावरणमा असर पर्न सक्ने उनको भनाइ थियो । नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि सार्वजनिक रूपमा प्रश्न उठिसकेका विषयलाई सामान्य रूपमा लिन नहुने बताइन्। आवश्यक अनुसन्धानपछि मात्रै निर्णय गर्दा प्रस्तावित राजदूतलाई समेत आफ्नो पक्ष स्पष्ट पार्ने अवसर मिल्ने उनको धारणा थियो । त्यसपछि समितिले हालसम्म प्राप्त कागजात र उजुरीको अध्ययन गरी त्यसपछि मात्रै थप निर्णय लिने सहमति गरेको छ । समिति सभापति वोधनारायण श्रेष्ठका अनुसार आवश्यक परे खरेललाई पुनः समितिमा बोलाएर थप छलफल गरिनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit