काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । अभियानको सुरुवाती चरणमै दुई जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र एक जनाले यामाहा रे जेडआर स्कुटर जितेका हुन् ।
कम्पनीका अनुसार काभ्रेको बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले मोटरसाइकल जितेका छन् । त्यस्तै, सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनै जना उपभोक्ताले क्यान खोल्ने क्रममा पुरस्कार जितेका हुन्। दशैंको अवसरमा ल्याइएको यस योजनाले उपभोक्तालाई पेय पदार्थसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।
पुरस्कार जितेपछि आफ्नो अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले क्यान खोल्दा यति ठूलो पुरस्कार पाइएला भन्ने कल्पनासमेत नगरेको बताए । पुरस्कार जितेको थाहा पाउँदा सुरुमा विश्वास गर्न कठिन भएको उल्लेख गर्दै उनले म्याक्स टाइगरले यस वर्षको दशैंलाई विशेष बनाएको प्रतिक्रिया दिए । म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो । अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफ जेड एफ आई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।
अभियानको सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि योजनाप्रति उपभोक्ताको उत्साह थप बढ्ने अपेक्षा कम्पनीले गरेको छ। दशैंको अवसरमा उपभोक्तालाई स्वाद र ऊर्जासँगै खुसी, रोमाञ्च तथा अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ । ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अझै जारी रहेकाले उपभोक्तासँग पुरस्कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ। योजनाअन्तर्गत प्रत्येक विशेष पुरस्कारयुक्त क्यानले उपभोक्तालाई आकर्षक उपहार जित्ने सम्भावना प्रदान गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्