काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले आयोजना गरेको ‘फोनपे अनर्स’ कार्यक्रममा तीन वटा अवार्ड प्राप्त गरेको छ।
बैंकले विकास बैंक समूहअन्तर्गत मोबाइल बैंकिङ र क्यूआर भुक्तानीमा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो। बैंकले मोबाइल एपबाट सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण गरेको, मोबाइल एपमार्फत सबैभन्दा धेरै क्यूआर भुक्तानी गरेको तथा क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेको विधामा अवार्ड जितेको हो।
बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इसुअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड प्राप्त गरेको हो। डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले डिजिटल बैंकिङ सेवाप्रतिको बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।
यस उपलब्धिले आगामी दिनमा अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ। साथै, यस उपलब्धिमा साथ र सहयोग पुर्याउने सम्पूर्ण ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति बैंकले आभार व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्