Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

कृषि यान्त्रीकरण प्रदर्शनीमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर

कृषि यान्त्रीकरण प्रदर्शनीमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
विज्ञापन
Advertisement

काठमाडौं। अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ को प्लेटिनम प्रायोजकमा नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि थपिएका छन्। यसअघि जी–सेभेन एग्रिकल्चर प्रालि प्लेटिनम प्रायोजक बनिसकेको छ।

विज्ञापन
Advertisement
Advertisement

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आठौँ संस्करणको प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। नेपाल ट्रेड होस्टले साना, मझौला तथा ठूला आकारका आधुनिक कृषि यन्त्र र उपकरण उपलब्ध गराउँदै आएको छ। त्यस्तै, १५ वर्षभन्दा बढी अनुभव रहेको शलोम एग्रिकल्चरले ग्रीनहाउस, मल्चिङ, थोपा तथा स्प्रिंकलर सिँचाइ प्रणालीलगायत आधुनिक कृषि प्रविधि र सामग्री उपलब्ध गराउँदै आएको छ।

यसअघि प्रायोजक बनेको जी–सेभेन एग्रिकल्चरले आधुनिक ग्रीनहाउस निर्माण, थोपा सिँचाइ तथा स्प्रिंकलर प्रविधिमा काम गर्दै आएको छ। कम्पनीले ६५ भन्दा बढी जिल्लामा आफ्नो प्रविधिको पहुँच विस्तार गरेको छ। कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा किसान, कृषि उद्यमी तथा व्यवसायीले आधुनिक कृषि उपकरण र नवीन प्रविधिबारे जानकारी पाउने अपेक्षा गरिएको छ।

प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit