Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

सुस्त कर्जा प्रवाहबीच बैंकहरूको नाफा ६.११ प्रतिशतले बढ्यो, आठ बैंक अर्ब क्लबमा

सुस्त कर्जा प्रवाहबीच बैंकहरूको नाफा ६.११ प्रतिशतले बढ्यो, आठ बैंक अर्ब क्लबमा
विज्ञापन
Advertisement

काठमाडौं। कर्जा प्रवाहमा सुस्तता, अधिक तरलता र खराब कर्जाको दबाब कायमै रहे पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको नाफा बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले साउन र भदौमा कुल १९ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.११ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा १८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ थियो। यस अवधिमा २० वाणिज्य बैंकले मात्रै १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ थियो। तंथ्यांकनुसार वाणिज्य बैंकहरूको नाफा ७.३२ प्रतिशतले बढेको छ ।

नबिलको नाफा सबैभन्दा धेरै, आठ बैंक अर्ब क्लबमा

वाणिज्य बैंकमध्ये नबिल बैंकले सबैभन्दा धेरै १ अर्ब ८० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको तुलनामा ३५.८३ प्रतिशतले बढेको हो। ग्लोबल आइएमई बैंकले १ अर्ब ६९ करोड ४५ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका छन् । यसैगरी, प्राइम कमर्सियल बैंकले १ अर्ब १४ करोड ८ लाख तथा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । त्यस्तै, एनएमबि, सानिमा र कुमारी बैंकले पनि दुई महिनामै एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नाफा वृद्धिदरका आधारमा हिमालयन बैंक अगाडि देखिएको छ । बैंकको नाफा ५५.१३ प्रतिशतले बढेर ५७ करोड ५१ लाख रुपैयाँ पुगेको छ। सानिमा बैंकको नाफा पनि ४२.१५ प्रतिशतले वृद्धि भएको छ ।

सात बैंकको नाफा घट्यो

समग्र नाफा बढे पनि सात वाणिज्य बैंकको नाफामा संकुचन आएको छ। सिटिजन्स बैंकको नाफा १४.९९ प्रतिशतले घटेर ४७ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। नेपाल बैंकको नाफा १२.४५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० प्रतिशतले घटेको छ । लक्ष्मी सनराइज, कृषि विकास र सिद्धार्थ बैंकको नाफा पनि घटेको छ । कर्जाको माग कमजोर हुनु, ब्याजदर घट्दा खुद ब्याज आम्दानीमा दबाब पर्नु र खराब कर्जाका लागि प्रोभिजनिङ बढ्नु बैंकहरूको नाफामा उतारचढाव ल्याउने प्रमुख कारण हुन्। यस्तो अवस्थामा पुरानो कर्जा असुली र गैरब्याज आम्दानीले नाफा वृद्धिमा सहयोग पुर्‍याएको देखिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit