Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

कुमारी बैंकको २६औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई २.१० प्रतिशत लाभांश पारित

कुमारी बैंकको २६औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई २.१० प्रतिशत लाभांश पारित
विज्ञापन
Advertisement

काठमाडौं। कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने करसहित २.१०५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभा बुधबार काठमाडौंको सुवर्णशमशेर सडकस्थित एक ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरणहरू पारित गरेको बैंकले जनाएको छ ।

२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले आगामी दिनमा पनि ग्राहकलाई थप सरल, सुलभ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न विभिन्न सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit