Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र भोलिदेखि खुल्ने, ब्याजदर ६ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र भोलिदेखि खुल्ने, ब्याजदर ६ प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याज दिने गरी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र भोलि (असोज २९ गते) देखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले सात वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई जारी गर्न लागेको हो। कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका करिब पौन्य १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाई सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ। यसअनुसार सर्वसाधारण लगानीकर्ताले ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रमा लगानी गर्न इच्छुकले न्यूनतम २५ इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा निष्कासनका लागि उपलब्ध सबै इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन कात्तिक १० गतेसम्म दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन अवधि कात्तिक १२ गतेसम्म थप हुन सक्नेछ ।

ऋणपत्रको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर प्रणालीबाट आवेदन दिन सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा सञ्चालित बैंक हो । बैंकले निक्षेप संकलन, कर्जा प्रवाह तथा डिजिटल बैंकिङलगायत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit